डोटी । टिकापुर घटनामा जेल सजाय भोगिरहेका जनता समाजवादी पार्टीका सांसद रेशम चौधरीलाई जन्मकैदको फैसला भएको छ ।
पाँच वर्षअघि नौ जनाको ज्यान जाने गरी कैलालीको टिकापुरमा भएको घटनामा उच्च अदालत दिपायलले रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला सुनाएको हो ।
बिहीबार उच्च अदालत दिपायलका न्यायाधीसद्वय टेक नारायण कुँवर र सीताराम मण्डलको संयुक्त इजलासले टिकापुर घटनामा यस्तो फैसला सुनाएको हो ।
२०७२ साल भदौ ७ गते भएको टीकापुर घटनामा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने सहित ८ जनाको ज्यान गएको थियो ।
थरुहट आन्दोलनका नेता लक्ष्मण थारुलाई पनि जन्मकैदको फैसला सुनाएको हो । त्यस्तै जन्मकैदको सजाय हुनेमा लक्ष्मणसहित रेशम चौधरी, हरिनारायण चौधरी, प्रदीप चौधरी, वीरबहादुर चौधरी, राजेश चौधरी, सीताराम चौधरी र गंगाराम चौधरी छन् ।
प्रतिक्रिया