२९ फाल्गुन २०८१, बिहिबार । March 13, 2025

मनोरञ्जन

मिस नेपाल २०२० को उपाधि नम्रता श्रेष्ठलाई



काठमाडौँ । मिस नेपाल–२०२० को ताज नम्रता श्रेष्ठले पहिरिएकी छन् । हिडेन ट्रेजरले आज आयोजना गरेको प्रतियोगितामा २१ जनालाई उछिन्दै काठमाडौँकी २२ वर्षीया श्रेष्ठले ताज पहिरिएकी हुन् ।

उनलाई मिस नेपाल–२०१९ अनुष्का श्रेष्ठले ताज पहि¥याइन् । आयोजकले कल्पना गर्नुहोस्, ‘तपाईँ सानो ढुङ्गा हो, जो पोखरीमा ढुङ्गा खसेपछि सुन्दर तरङ्ग फैलाउँछ, तपाईँ नेपाली महिलाको जीवनमा लामो समयसम्म तरङ्ग फैलाउन चाहनहुन्छ’ भन्ने प्रश्नमा उनले नेपाली महिला सकारात्मक सोचका साथ अगाडि बढाउने हो भने संसार जित्न चाहन्छन् भन्ने जवाफ दिएकी थिइन् ।

मिस नेपाल श्रेष्ठले नगद दुई लाख ५० हजारसहित कार्यालय प्रयोजनका लागि गाडीसमेत पाएकी छन् । मिस नेपाल श्रेष्ठ चीनमा हुने मिस वल्र्ड प्रतियोगितामा नेपालको तर्फबाट सहभागी हुनेछिन् । प्रतियोगितामा मिस नेपाल अर्थ काठमाडौँकी २४ वर्षीया सुप्रिया श्रेष्ठ, मिस नेपाल इन्टरनेशनल महोत्तरीकी २४ वर्षीया सन्ध्या शर्मा र मिस सुपरनेशनल काठमाडौँकी २४ वर्षीया सिमल कनौजियाले पाएका छन् । उनीहरु तीनै जनाले नगद रु दुई लाख ५० हजार पाएका छन् ।

प्रकाशित : २१ मंसिर २०७७, आइतबार ००:००