१८ माघ २०८१, शुक्रबार । January 31, 2025

मुख्य खबर

थप १ हजार ३ सय ४३ जनामा कोरोना संक्रमण १३ जनाको मृत्यु



काठमाडौँ १८ मंसिर । कोरोना भाइरस थप १ हजार ३ सय ४३ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या २ लाख ३७ हजार ५८९ पुगेको छ । पछिल्लो २४ घण्टामा ९ हजार २८९ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म २ लाख २० हजार २७२ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर २ हजार १ सय ११ सङ्क्रमित निको भएर भएका छन् । अहिले १५ हजार ७ सय ६६ सक्रिय सङ्क्रमित रहेका छन् ।

कोरोना भाइरसको सङ्क्रमणबाट थप १३ जनाको मृत्यु भएको छ ।

प्रकाशित : १८ मंसिर २०७७, बिहिबार ००:००