काठमाडौं १५ मंसिर । इस्लामिक स्टेट आतंकवादी समूह बोको हरामले नाइजेरियामा सर्वसाधारणको विभत्स हत्या गरेका छन् । उनीहरुले १ सय १० जनाको क्रूर ढंगले घाटी रेटेर हत्या गरेको छ । अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुका अनुसार सो आतंकवादी समूहले खेतमा काम गरिरहेकाहरुलाई नियन्त्रणमा लिएर हातखुट्टा बाँधी हत्या गरेको जनाएका छन् ।
गत शनिबारको घटनाप्रति संयुक्त राष्ट्रसंघले यो हत्याको निन्दा गरेको छ । साथै नाइजेरियाको अवस्थाप्रति चिन्ता समेत प्रकट गरेको छ ।
![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2020/11/naijeriya.jpg?resize=720%2C479&ssl=1)
मैदुगुरी शहर नजिकको गाउँलाई बोको हरामले निशाना बनाएको हो । सुरुमा थोरै शव फेला परेका थिए । पछि थप शव फेला परेर मारिनेको संख्या १ सय १० पुगेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
प्रतिक्रिया