काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा वितेको २४ घण्टामा थप ११ जनाको कोरोना संक्रमणका कारण मृतयु भएको छ ।
उक्त संख्यासँगै नेपालमा भाइरसका कारण मृत्यु हुनेको संख्या ३ सय पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मृत्यु हुनेमा ४ जना महिला र ७ जना पुरुष रहेका छन् । मृत्यु हुने महिलाहरुमा काठमाडौंका तीन जना ३७, ९० र ८३ वर्षीया त्यस्तै कास्कीकी ६३ वर्षीया महिला रहेकी छिन् ।
त्यस्तै मृत्यु हुने पुरुषहरुमा मोरङका ७६ वर्षीय, सिरहाका २ जना ८७ वर्षीय र ६२ वर्षीय, सर्लाही ३५ वर्षीय, दोलखाका ६९ वर्षीय, मकवानपुरको ३९ वर्षीय र बाँकेको ५९ वर्षीय रहेका छन् ।
प्रतिक्रिया