काठमाडौं, २२ भदौ । पछिल्लो विवरण अनुसार नेपालमा पछिल्लो पटक थप ९७९ जनामा कोरोना भाइरसका संक्रमण पुष्टि भएकोे छ ।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उक्त संख्यासँगै संक्रमितको कुल संख्या ४७ हजार २३६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १ हजार ७३६ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ३० हजार ६७७ पुगेको छ ।
प्रतिक्रिया