काठमाडौं, २२ भदौ । आजपनि नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । हिजोको तुलनामा सुनको मुल्य तोलामा १२ सयले घटेर ९७ हजार २ सयमा कारोबार भइरहेको छ ।
हिजो सुनको मूल्य ९८ हजार ४ सय रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य ९६ हजार ७ सय रहेको छ ।
महासंघका अनुसार मंगलवारको तुलनामा आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । हिजो प्रतितोला चाँदीको मूल्य १ हजार ३ सय ९५ रहेको थियो । भने आज प्रतितोला चाँदीको मूल्यमा गिरावट आई १ हजार ३ सय ६५ मा कारोवार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया