काठमाडौं, २९ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल(प्रचण्ड)बीच भेट वार्ता भएको छ ।
लामो समयदेखि संवादहिन भएका यी दुई अध्यक्षबीच भेटवार्ता भएको हो । प्रचण्ड केहिबेर अघि वालुवाटार पुगेको स्रोतले बताएको छ ।
नेकपामा लामो समयदेखि विवाद छ । स्थायी कमिटीको बैठकमा प्रचण्ड–माधव नेपाल पक्षका नेताहरुले ओलीको राजीनामा मागेपछि नेकपामा विवाद बढेको छ ।
ओली राजिनामा नदिने पक्षमा छन भने इतरपक्ष जुनसुकै हालतमा राजिनामा दिनुपर्ने अडानका कारण विवाद चुलिएको छ ।
प्रतिक्रिया