काठमाडौं, २९ साउन । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । हिंजो ६ हजार २ सयले घटेको सुन आज भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रति तोलामा २ हजार ४०० रुपैयाँले बढेको छ ।
हिंजो प्रति तोला ९५ हजार ५०० सय रुपैयाँमा कारोबार भएको सुन आज प्रति तोला ९७ हजार ८०० रुपैयाँमा कारोबार भैरहेको छ भने आज तेजाबी सुनको मूल्य तोलाको ९७ हजार ३ सय रुपैयाँ रहेको छ ।
चाँदी प्रति तोलामा ८५ रुपैयाँ बढेर १ हजार २९५ रुपौयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रतिक्रिया