२४ माघ २०८१, बिहिबार । February 6, 2025

मुख्य खबर

कोरोनाभाइरसका कारण थप ४ जनाको मृत्यु, कुल संख्या ८३ पुग्यो



काठमाडौं, २७ साउन । पछिल्लो २४ घण्टाको विवरण अनुसार नेपालमा थप ४ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हनेको संख्या ८३ पुगेको छ ।

स्वास्थ् मन्त्रालयका अनुसार मृत्यु हुनेमा धनुषाका २ जना, काभ्रेका १ जना र सिन्धुपाल्चोकका १ जना रहेका छन् । योसँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ८३ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १ सय ७१ जना कोरोना उपचार पछि निको भएर फर्किएका छन् । यससँगै नेपालमा कोरोना मुक्त भइ घर फर्किनेको संख्या १६ हजार ६ सय ६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

प्रकाशित : २७ श्रावण २०७७, मंगलबार ००:००