काठमाडौं, २६ साउन । नेपाली बजारमा आजपनि सुनको मूल्यमा केहि गिरावट आएको छ । आइतबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख २ हजार ६ सय रुपैया थियो । आज उक्त मूल्यमा तोलाका २ सयले गिरावट आएर एकलाख दुई हजार ४ सयमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मूल्य १ लाख १ हजार ९ सय रहेको छ । त्यस्तै हिजो पनि सुनको मूल्य तोलामा ९ सयले गिरावट आएको थियो ।
त्यस्तै आइतवारको तुलनामा आज चाँदीको मूल्यमा १५ रुपैयाँले कमि आइ प्रतितोला चाँदी १ हजार ३ सय ९५ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया