काठमाडौं ७, साउन । इङ्लिस प्रिमियर लिगअन्तर्गत गएराति भएका खेलहरूमा म्यानचेस्टर सिटी र एस्टोन भिल्ला विजयी भएका छन्।
सिटीलाई जित दिलाउन रहिम स्टर्लिङले वार्टफोर्डविरुद्ध दुई गोल गरे। फिल फोडेन र एम्रिक लापोर्टेले भने एक÷एक गोल गोल गरे। खेलको ३१ औं मिनेटमा स्टर्लिङले नै सिटीलाई अग्रता दिलाए।
४० औं मिनेटमा पेनाल्टीमार्फत पनि उनैले दोस्रो गोल गरे। त्यसपछि ६३ औं मिनेटमा फोडेन र ६७ औं मिनेटमा लापोर्टेले गोल गर्दै सिटीलाई ४–० को जित दिलाए। जितपछि सिटी ३७ खेलमा ७८ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ ।
गएराति नै भएको अर्को खेलमा एस्टोन भिल्लाले आर्सनललाई १–० ले पराजित गर्याे। भिल्लाका लागि २७ औं मिनेटमा मोहम्मद हसनले गरेको गोल नै निर्णायक बन्यो।
प्रतिक्रिया