काठमाडौं ५, साउन । एफए कप फुटबलको फाइनलमा चेल्सी प्रवेश गरेको छ।
गएराति भएको सेमिफाइनल चरणको खेलमा म्यान्चेस्टर युनाइटेडलाई चेल्सीले ३–१ गोलले हरायो।
चेल्सीको जितमा ओलिभर जिरु र मेसन माउन्टले एक/एक गोल गर्दा म्यानचेस्टर युनाइटेडका ह्यारी म्याग्वेरले आत्मघाती गोल गर्दै एक गोल उपहार दिए।
घरेलु मैदानमा म्यान्चेस्टर युनाइटेडका ब्रुनो फर्नान्डेजले एक सान्त्वना गोल फर्काए।चेल्सीले आर्सनलसँग उपाधिका लागि आगामी अगस्ट १ मा प्रतिस्पर्धा गर्नेछ।
आर्सनलले म्यान्चेस्टर सिटीलाई हराउँदै फाइनल यात्रा तय गरेको हो।
प्रतिक्रिया