काठमाडौं २, साउन । स्पेनिस ला लिगामा रियल मड्रिडले उपाधि उचालेको छ। गएराति अल्फ्रेडो डि स्टेफानो मैदानमा भएको उपाधि भिडन्तमा रियलले भिल्लारियललाई २–१ ले पराजित गर्याे।
एक खेल बाँकी छँदै लिगको उपाधि रियलले जितेको हो। जितसँगै रियल कीर्तिमानी ३४ औँ पटक उपाधि जित्ने क्लब बनेको छ।
रियलका लागि २९ औं मिनेट र ७७ औं मिनेटमा करिम बेन्जिमाले दुई गोल गरे। भिल्लारियलका लागि भिसेन्ट इबोर्राले ८३ औं मिनेटमा एक गोल गरे।
रियलले भिल्लारियलसँग २–१ को जित निकालेपछि दोस्रो स्थानमा रहेको बार्सिलोनासँगको अंक दूरी सात बनायो।
३७ खेलबाट रियलले ८६ अंक, समान खेलबाट बार्सिलोनाको ७९ अंक जोड्दा भिल्लारियल ७५ अंकसहित पाँचौं स्थानमा रह्यो।
गएराति नै भएको खेलमा बार्सिलोना ओसासुनासँग २–१ गोलले पराजित पनि भएको छ।
सुरुवाती अग्रता जोसे अर्नाजले ओसासुनालाई दिलाए। तर, मेस्सीले फ्रिकिकमा गोल गर्दै खेल बराबरीमा ल्याए।
खेलको ७७ औं मिनेटमा ओसासुनाका इनरिक गालियोले रातो कार्ड पाउँदै मैदान छाडे। १० खेलाडीमा सीमित भएपनि इन्जुरी समयमा ओसासुनाका रोबर्ट टोरिसले निर्णायक गोल गरे।
प्रतिक्रिया