२८ फाल्गुन २०८१, बुधबार । March 12, 2025

खेलकुद

स्पानाेयलमाथि बार्साकाे जित, रियलको अंक दूरी एकमा सीमित



काठमाडौं २५, असार । स्पेनिस ला लिगामा स्पानोयललाई बार्सिलोनाले पराजित गरेको छ। गएराति भएको खेलमा बार्सिलोनाले स्पानोयललाई एक शूल्यनले पराजित गर्याे।

घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा लुइस स्वारेजले स्पानोयलविरुद्द एक गोल गरेका हुन्। उनले खेलको ५६ औं मिनेटमा गोल गरेका थिए।

जितसँगै बार्सिलोना र रियल मड्रिडको अंक दूरी एकमा सीमित भएको छ। शीर्ष स्थानमा रहेको रियलको ३४ खेलबाट ७७ अंक र बार्सिलोनाको ३५ खेलबाट ७६ अंक छ।

स्पानोयलको भने २४ अंक मात्रै छ। उसले पछिल्ला खेलहरूमा लगातार हार बेहोर्दै आएको छ।

प्रकाशित : २५ असार २०७७, बिहिबार ००:००