काठमाडौं २४, असार । इङलिस प्रिमियर लिग फुटलबमा चेल्सीले क्रिस्टल प्यालेसलाई ३–२ गोल अन्तरले पराजित गरेको छ।
घरेलु मैदानमा प्यालेसलाई पराजित गर्न चेल्सीका लागि छैठौं मिनेटमा वलिभिर गिरोड, २७ औं मिनेटमा क्रिस्टीयन पुलिस र ७३ औं मिनेटमा टम्मी अब्राहमले गोल गरे।
क्रिस्टलका लागि भने ३४ औं मिनेटमा जाहा र ७२ औं मिनेटमा बेन्टेकले गोल गरे। जीतसँगै चेल्सी लिगको तेस्रो स्थानमा उक्लेको छ।
गएराति नै भएको खेलमा वार्टफोर्डले नर्विचलाई २–१ ले पराजित गर्दा आर्सनल र लेस्टरले भने १–१ गोलको बराबरी खेले।
प्रतिक्रिया