२७ फाल्गुन २०८१, मंगलबार । March 11, 2025

अर्थ

राष्ट्र बैंकले ल्यायो ५० को नयाँ नोट चलनचल्तिमा



काठमाडौं २२, असार । नेपाल राष्ट्र बैंकले ५० रूपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याएकाे छ।

आज (सोमबार) देखि राष्ट्र बैंकले बायाँतर्फको अग्रभागमा सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको पानी छाप भएको उक्त नोट चलनचल्तीमा ल्याएको हो।

साविककै आकार, प्रकार र रंगमा सङ्केत नम्बर भने ज–८९०००००१ देखि ट–३३९९९९९९ रहेको छ। नोटमा ‘नेपाल सरकारको जमानत प्राप्त यसको भुक्तानी मागन आएमा नेपाल राष्ट्र बैंकबाट रूपैयाँ ५० पाइनेछ’ उल्लेख गरिएको छ।

नोटको तल्लो भागको बोर्डरमा नोटको सिरियल नम्बर नेपालीमा २०७५ लेखिएको छ। उक्त नोटमा तत्कालीन गर्भनर डा. चिरन्जीबि नेपालको दस्तखत रहेको छ।

प्रकाशित : २२ असार २०७७, सोमबार ००:००