काठमाडौं २२, असार । लिभरपुलले घरेलु मैदानमा एस्टन भिल्लालाई हराएको छ।
गएराति भएको खेलमा लिभरपुलले २–० गोल अन्तरले हराएको हो। यससँगै लिभरपुलको १७ औं जीत भएको छ।
खेलको दोस्रो हाफमा साडियो माने र कर्टिस जोन्सले भिल्लाविरुद्ध गोल गरे। अब लिभरपुलको ८९ अंक भएको छ।
म्यान्चेस्टर सिटीको एक सिजनमा १ सय अंकको कीर्तिमान भत्काउन लिभरपुललाई १२ अंक आवश्यक छ। त्यसका लागि उसले ५ खेल खेल्न पर्ने छ।
गएराति नै भएको अर्को खेलमा म्यानचेस्टर सिटी भने साउथ ह्याम्पटनसँग पराजित भएको छ। चे एडम्सले ४० यार्ड टाढाबाट प्रहार गरेको बल सिटीको गोल रक्षकले नियन्त्रणमा लिन सकेनन्।
सोही गोल निर्णायक बन्यो। केही दिनअघि लिग च्याम्पियन लिभरपुललाई हराएपछि उत्साहित बनेको थियो।
गएराति नै भउको अन्य खेलमा बर्नली र सेफिल्ड युनाइटेड, न्युक्यासल युनाइटेड र वेस्ट ह्याम युनाइटेडले बराबरी खेले।
प्रतिक्रिया