२७ फाल्गुन २०८१, मंगलबार । March 11, 2025

अर्थ

साढे ७४ हजारसहित ५ जना तासको खालबाटै पक्राउ



काठमाडौं १९, असार । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–७ नागसोती चौकबाट जुवातास खेलिरहेको अवस्थामा ७४ हजार ६८५ रूपैयाँ र दुई बुक ताससहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा हेटौडा उपमहानगरपालिका–७ नागसोतीका ५७ वर्षीय सुदर्शन फुयाँल, ३७ वर्षीय उद्धब खुलाल, ४१ वर्षीय दिनेश गौतम, ३५ वर्षीय विकास गौतम र २८ वर्षीय पूर्णराज थिङ रहेका छन्।

उक्त स्थानमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूविरुद्द प्रहरीले जुवातास सम्बन्धी कसूरमा अनुसन्धान थालेको जनाएको छ।

प्रकाशित : १९ असार २०७७, शुक्रबार ००:००