२० माघ २०८१, आइतबार । February 2, 2025

अर्थ

स्रोत नखुलेको १० लाख रूपैयाँसहित युवक पक्राउ



काठमाडौं १८, असार । रौतहटको गौर नगरपालिका–२ महादेवपट्टीबाट स्रोत नखुलेको नेपाली १० लाख रूपैयाँसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही ठाउँका २३ वर्षीय अभिनाश जैसवाल रहेका छन्। गएराति उनलाई जिल्ला प्रहरी कार्यालय रौतहट र २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो।

भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३० यु २५३३ नम्बरको मोटरसाइकललाई प्रहरी टोलीले जाँच गरेको थियो।

जाँच गर्दा उक्त परिमाणको नेपाली रूपैयाँ फेला परेपछि प्रहरीले जैसवाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रकाशित : १८ असार २०७७, बिहिबार ००:००