२६ फाल्गुन २०८१, सोमबार । March 11, 2025

अर्थ

सुनको भाउ प्रतितोला ९१ हजार ७०० पुग्यो



काठमाडौं १७, असार । सुनको भाउ लगातार उकालो लागेको छ। बुधबार छापावाल सुन प्रतितोला ५०० रूपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी संघले प्रतितोला छापावाल सुन ९१ हजार ७०० रूपैयाँमा कारोबार भइरहेको जनाएको छ।

तेजावी सुन पनि बढेर ९१ हजार २६५ रूपैयाँमा कारोबार भइरहेको छ। चाँदीको भाउ पनि तोलामा १५ रूपैयाँले बढेको छ।

यसरी बढ्दा चाँदी प्रतितोला बुधबार ९६० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित : १७ असार २०७७, बुधबार ००:००