काठमाडाैं १६, असार । राष्ट्रिय खेलकुद परिषदले नेपाल क्रिकेट संघ (क्यान) काे केन्द्रीय सदस्यमा छुम्बी लामा र धर्मराज गिरी नियुक्त गरेको छ।
असार १० गते दुबै जनालाई नियुक्त गर्ने भनेको राखेपले मङ्गलबार मात्रै नियुक्तिको आधिकारीक पत्र थमाएको छ।
यसअघि लामा संघकै पुर्वचिफ अपरेटिङ अफिसर र गिरी मदन भण्डारी क्रिकेट फाउन्डेसनको क्रिकेट विभागका उपाध्यक्ष हुन्। राखेपले क्यानमा दुई सदस्य नियुक्त गर्न पाउने प्रावधान छ।
प्रतिक्रिया