काठमाडौं १२, असार । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड फेरि शीर्ष स्थानमा उक्लिएको छ। गएराति भएको खेलमा मालोर्कालाई २–० गोल अन्तरले पराजित गर्दै रियलले शीर्ष स्थान सुरक्षित गर्याे।
रियलको जीतमा भिनिसियस सुनियर र कप्तान सर्जियो रामोसले एक–एक गोल गरे।
रियल र बार्सा दुबैको ६८ अंक पुगेको छ। दुबैले समान ३१ खेल खेल्यो।
तर हेड टु हेडको आधारमा बार्सालाई रियलले उछिनेको हो। मालोर्काको भने रेलिगेसनमा पर्ने सम्भावना बढेको छ।
प्रतिक्रिया