१८ माघ २०८१, शुक्रबार । January 31, 2025

ग्लोबल

चीनको चन्द्रमामा मानव उतार्ने तयारी !



काठमाडौं १०, असार।अन्तरिक्ष अन्वेषणमा विश्वका महाशक्ति राष्ट्रहरूको प्रतिस्पर्धा चर्को देखिएको छ। एकले अर्को शक्ति राष्ट्रलाई निरन्तर चुनौती दिइरहेका छन्।

मङ्गलबार मात्रै चीनले बेइडो–३ भूउपग्रह पृथ्वीको बाहिरी कक्षमा स्थापित ग¥यो। यसले चीन अन्तरिक्ष अन्वेषणमा प्रमुख शक्ति हुन चाहेको देखाएको छ।

एकातिर यसलाई चन्द्रमामा मानव उतार्ने र मङ्गल ग्रहमा यान पठाउनेसँगै अन्तरिक्षमा स्थायी स्टेशन स्थापना गर्ने चीनको प्रयासको रूपमा लिएको छ।

कतिपयले भने भूउपग्रह बेइडोको अन्तरिक्षमा प्रक्षेपणलाई अमेरिकी जिपिएसलाई चुनौति दिने प्रणालीको रूपमा पनि लिने गरेका छन्। यो प्रणालीमा चीनलाई सफलता मिलेको अवस्थामा अमेरिकी सरकारको नियन्त्रणमा रहेको ‘ग्लोबल पोजिसनिङ सिस्टम’ जिपिएसमा आवश्यक नहरने बताइएको छ।

चीनले सन् २०१२ देखि यो परियोजनाको थालनी गरेको थियो। परियोजना सम्पन्न गर्न उसले एक खर्ब अमेरिकी डलर खर्चेको छ। यसले पृथ्वीको सबै कुरा समेट्ने दावी गरिएको छ।

प्रकाशित : १० असार २०७७, बुधबार ००:००