![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2020/06/IMG_20200621_105924_833-1.jpg?resize=604%2C588)
काठमाडौं ८, असार। विश्वभर महामारीको रूप लिएको कोरोना भाइरस संक्रमणले तुफानी गति लिएको छ।
गएको २४ घण्टामा एक लाख ८३ हजार जना मानिसमा संक्रमण देखिएको छ। विश्व स्वास्थ्य संगठनले संक्रमणलाई हालसम्मै ‘सर्वाधिक दैनिक वृद्धि’ भनेको छ।
अमेरिकामा मात्रै २० लाख मानिसमा संक्रमण पुष्टि भएको छ। चीनको उहानबाट फैलिएको कोरोना महामारीले अमेरिका बढी आक्रान्त भएको देखिन्छ।
त्यहाँ राष्ट्रपतीय निर्वाचनको चुनावी ¥याली पनि ट्रम्पलाई समर्थन गर्ने दलले थालेपछि संक्रमण बढेको आशंका गरिएको छ। लाखौं सङ्ख्यामा मानिसहरू आसन्न निर्वाचनको प्रचारमा सहभागी हुँदै आएका छन्।
यससँगै अमेरिकापछि ब्राजिलमा संक्रमण बढी देखिएको छ। संक्रमित धेरै मृत्यु भएको देशको पनि दोश्रो स्थानमा ब्राजिल नै उक्लेको छ।
महामारी फैलिएपछि त्यहाँ ५० हजार जना भन्दा बढी मानिसको मृत्यु भएको छ। त्यहाँ १० लाख बढी मानिस संक्रमित छन्।
नेपालमा पनि संक्रमितको सङ्ख्या १० हजारको नजिक पुगेको छ। २४ जनाले ज्यान गुमाएका छन्।
प्रतिक्रिया