वीरगञ्ज । पर्साको ठोरी गाउँपालिकाले सोनाम ल्होछार पर्वको अवसरमा तीन दिन सार्वजनिक विदा दिएको छ । तामाङ जातिको बाहुल्य भएकोले ल्होछारमा पालिका क्षेत्र भित्रका सबै सार्वजनिक कार्यालयहरुमा माघ ११ गतेदेखि १३ गतेसम्म तीन दिन विदा दिइएको गाउँपालिकको कार्यालयले जनाएको छ ।
![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2020/01/download-1-3.jpg?resize=259%2C195)
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बहादुर थापाद्वारा जारी सूचनामा तामाङ जातिको नव वर्ष २८५६ औं सोनाम ल्होछारको शुभकामना समेत दिईएको छ ।
शुक्रबार नै नेपाल तामाङ घेदुङ ठोरी गाउँपालिका र नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समितिले सोनाम ल्होछारमा तीन दिन सार्वजनिक विदा दिन माग गरेका थिए । मोटरसाइकल र्यालीसहितको टोलले ठोरी गाउँपालिका कार्यालयमा गई ल्होछार पर्वमा ३ दिन छुट्टि दिन माग सहितको ज्ञापनपत्र समेत बुझाएका थिए ।
नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति पर्साका अध्यक्ष ङेमा लामा पाख्रिन ९निमा० नेतृत्वको टोलीले प्रमुख प्रशासकीय अधिकृत थापालाई ज्ञापनपत्र बुझाएका हुन् । गाउँपालिकामा तामाङ समुदायको बाहुल्यता भएकोले सोनाम ल्होछार ९जिवा ल्हो० मा पालिकामा तीन विदा दिन माग गरिएको पाख्रिनले बताए ।
मन्जुश्री सम्वत २८५६ औं सोनाम ल्होछारको अवसरमा उनीहरुले शुभकामना आदानप्रदान कार्यक्रम समेत गरेका थिए
प्रतिक्रिया