मंसिर १७, नवलपरासी । पूर्वी नवलपरासीको देवचुलीको सि जी धाम नजिकैको पसलमा आगलागी हुदा ३० लाख बढी क्षती भएको छ जनाइएको छ ।
आगलागीबाट दुई ओटा पसल पुर्ण रुपमा ध्वस्त भएको प्रहरीले जनाएको छ । मंगलबार दिउँसो सि जि नजिकै रहेको देवचुली २ का तुलसी जैसीको मोटरसाइकल ग्यारेज र सोही ग्यारेजसँगै सटिएको तुलसी चौधरीको किराना पसलमा अचानक आगलागी भएको इलाका प्रहरी कार्यालय रहजरले जनाएको छ ।
आगलागीबाट दुवै पसल जलेर नष्ट भएको छ । आगो कावासोतीको दमकल, प्रहरी र स्थानीयले निभएको थियो ।
प्रतिक्रिया