इन्डियन आयल कर्पोरेसन (आईओसी) ले आफ्ना सबै रिफाइनरी केन्द्रमा युरो ६ मापदण्डको इन्धन अपग्रेड गर्ने भएपछि नेपालले पनि आगामी वैशाखदेखि वातावरणमैत्री युरो ६ मापदण्डको इन्धन ल्याउने भएको छ ।
नेपालले इन्डियन आयल कर्पोरेसन (आइइओसी) बाट इन्धन ल्याउँछ। निगमले असोज पहिलो सातादेखि नै युरो ६ मापदण्डको इन्धन प्रयोग गर्न चाहने व्यापारीलाई अनुमति पत्र दिँदै आएको आयल निगमले जानएको छ। वैशाखदेखि भने सर्वसाधारणले समेत प्रयोग गर्न पाउने गरी युरो ६ ल्याउन लागेको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए।
निगमका अनुसार हाल प्रयोगमा आइरहेको युरो ४ मापदण्डको इन्धनमा सल्फूरिक एसिड ५० पिपिए छ । युरो ६ मा १० पीपीएमात्रै हुन्छ । यसले वातावरण प्रदूषण कम गराउँछ। हालको भन्दा गुणस्तरीय इन्धन आएपछि मूल्य पनि बढ्न सक्ने निगमले जनाएको छ।
प्रतिक्रिया