भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सहकारी संस्थासँग भएको पूँजी र मानवस्रोतलाई उत्पादनमा लगाउनुपर्ने बताउनुभएको छ । काठमाडौँ बचत तथा ऋण सहकारी सङ्घ लिमिटेडको १७औँ स्थापना दिवसका अवसरमा आज आयोजित ‘बचत तथा ऋण सहकारीको संस्थागत विकासमा सरोकारवालाको भूमिका’ विषयको अन्तक्र्रियामा मन्त्री अर्यालले सहकारीसँग भएको स्रोत र सामथ्र्यलाई सामाजिक विकास र राष्ट्र निर्माणमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
अबको यात्रा भनेको समाजवादोन्मुख यात्रा भएको बताउँदै उहाँले अब हरेक क्षेत्रमा समाजवादोन्मुख कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । “सरकारले योजना र केही रकम दिने हुँदा त्यसमा आफ्नो परिश्रम लगानी नगर्दासम्म हामी प्रगतिको दिशामा अगाडि बढ्न सक्दैनौँ”, उहाँले भन्नुभयो ।
मन्त्री अर्यालले विकास निर्माणमा सक्रिय जनसहभागिता हुनुपर्ने बताउँदै सहकारीको ठूलो जनशक्तिलाई ठूला कार्यमा लगानी गरेर जानुपर्ने र सबैभन्दा बढी गरीब भएका स्थान छानेर सहकारीले गरीबी उन्मूलन कार्यक्रम सञ्चालन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । अहिले पनि १७।७५ गरीब रहनु भनेको ठूलो कुरा भएको भन्दै मन्त्री अर्यालले गरीबी उन्मूलनमा सहकारीको पनि भूमिका हुनुपर्ने उहाँको भनाइ थियो ।
प्रतिक्रिया