२९ फाल्गुन २०८१, बिहिबार । March 14, 2025

खेलकुद

एएफसी फुटसल च्याम्पियनसीप छनोट खेल्न नेपाली टोली इरानतर्फ



तुर्कमेनिस्तानमा सन् २०२० मा आयोजना हुने एएफसी फुटसल च्याम्पियनसीपको छनोट चरणअन्तर्गतको खेल खेल्न आज नेपाली राष्ट्रिय फुटसल टोली इरान प्रस्थान गरेको छ ।यही कात्तिक ६ देखि ८ गतेसम्म हुने उक्त छनोट चरणको खेलका लागि १४ खेलाडी र छ अफिसियलसहित २० सदस्यीय नेपाली टोली त्यसतर्फ प्रस्थान गरेका हुन् । छनोट खेलमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा ताजकिस्तान, उज्वेकिस्तान र अफगानिस्तान रहेका छन् । यही कात्तिक ६ गते उद्घाटन समारोहपछि नेपालले ताजकिस्तानसँग खेल्दै खेल शुभारम्भ गर्नेछ ।

त्यसैगरी नेपालले दोस्रो खेल कात्तिक ७ गते उज्वेकिस्तानसँग तथा अन्तिम खेल ८ गते अफगानिस्तानसँग खेल्नेछ । नेपाली टोलीमा विजय गुरुङ, अनिष श्रेष्ठ, निर्मल गुरुङ, सरोज तामाङ, आदिल हमिद, अभय राना, अरुज सिंह, विजय श्रेष्ठ, सरोज गुरुङ, विनोद गुरुङ, आशिष लामा, मणि लामा, सुमित आले र सन्जोग चाम्लिङ राई छन् ।त्यस्तै नेपाली टोलीको मुख्य प्रशिक्षकमा विष्णु गुरुङ र सहायक प्रशिक्षकमा गौरव बस्नेत रहेका छन् ।

प्रकाशित : ३ कार्तिक २०७६, आइतबार ००:००