१० फाल्गुन २०८१, शनिबार । February 22, 2025

ग्लोबल

भागदौडमा परेर ३१ को मृत्यु, १०० घाइते


२६ भाद्र २०७६, बिहिबार ००:००

0
Shares


बग्दाद, २६ भदौ । इराकमा भएको एउटा भागदौडको घटनामा परी कम्तीमा ३१ जनाको मृत्यु भएको छ ।

शिया मुस्लीम धर्मावलम्बीहरूको धार्मिक कार्यक्रममा भएको भागदौडका क्रममा अरू सय जना घाइते भएको पनि अधिकारीहरूले जानकारी दिएका छन् ।

इराकी स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले घाइते भएका मध्ये दश जनाको अवस्था गम्भीर रहेको जनाएका छन् । धार्मिक कार्यक्रम भइरहेका बेला मध्याह्नको समयमा भागदौड भएको थियो । 

इमाम हुसेनको समाधिस्थलमा प्रवेश गर्ने बेलामा हजारौँ धर्मावलम्बी एकैपटक छिर्न खोज्दा समस्या भएको बताइएको छ । शिया मुश्लीम धर्मावलम्बीहरूले हरेक वर्ष हुसेनको वार्षिकी मनाउने गर्दछन् ।  

घटनामा परी घाइते भएका मध्ये केहीको छातीमा र केहीको टाउकोमा चोट लागेको चिकित्सकहरूले बताएका छन् ।

पछिल्लो दश दिनमा ४० लाख शिया धर्मावलम्बीहरू देशका विभिन्न ठाउँबाट कार्बालामा आएका छन् । त्यहाँ आउनेहरू कतिपय देश बाहिरका समेत रहेको जनाइएको छ ।

एजेन्सीको सहयोगमा

प्रकाशित : २६ भाद्र २०७६, बिहिबार ००:००