१ चैत्र २०८१, शनिबार । March 15, 2025

मुख्य खबर

के हो डेङ्गु ?


२४ भाद्र २०७६, मंगलबार ००:००

0
Shares

M

काठमाडौ, २४ भदौ । डेङ्गु रोग  एडिस जातको  पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । पोथी जातको सो लामखुट्टेको टोकाइको भाइरसबाट सङ्क्रमित भई  रोग सर्छ । विसं २०७६ को वैशाखदेखि हालसम्म छ हजारभन्दा बढी बिरामी भइसकेको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाइएको छ । 

प्रायः सो जातको  लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्ने गर्छ । वर्षात्को समयमा शुरु भएपछि सो रोग बढी देखा पर्ने चिकित्सकले जनाएका छन् । ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, शरीरमा डाबर आउने, अरुचि हुने, जोर्नी तथा मांसपेशी बेस्सरी दुख्ने, पेट तथा आन्द्रामा गडबडी हुने सो रोगका लक्षण भएको शुक्रारज अस्पतालमा कार्यरत सरुवा रोग विशेषज्ञ अनुप बाँस्तोलाले जानकारी दिए । 

मुख्यतया लामखुट्टेको टोकाइबाट जोगिनु नै मुख्यरुपमा सो रोगबाट बच्ने उपाय मानिन्छ । पूरा शरीर ढाकिने गरी कपडा लगाउने लामखुट्टेको टोकाइबाट बच्न राति र दिउँसो पनि झुलभित्र सुत्ने, घर वरपर सफा राख्ने पानी जम्न नदिने, पानी राख्ने भाँडाजस्तै पानी ट्याङ्की, ग्रागी, बाल्टिन, ड्रम आदि सधैँ छोपेर राख्ने सुझाव चिकित्सकको छ । 

प्रकाशित : २४ भाद्र २०७६, मंगलबार ००:००