२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

समाचार

दूधको मूल्य बढाउन किसानको माग


१५ भाद्र २०७६, आइतबार ००:००

0
Shares


काठमाडौं, १५ भदौ । दूध उत्पादक किसानहरुले तत्काल दूधको मूल्य बढाउन सरकासँग माग गरेका छन् । शनिवार रिपोर्टर्स क्लबमा राष्ट्रिय व्यवसायी पशुपालन तथा दूध उत्पादक कृषक समाज, नेपालले पत्रकार सम्मेलन गर्दे यस्तो माग गरेको हो ।
विगत तीन वर्षदेखि सरकारले दूधको मूूय यथावत राख्दा किसानहरु मारमा परेको भन्दै समाजले तत्काल मूल्य बढाउन माग राखेको हो ।
आफूहरको उत्पादन लागतमा विगत तीन वर्ष यता ३० प्रतिशत्भन्दा बढी मूल्य बृद्धि भएको जनाउँदै दूधको मुल्यमा प्रतिलिटर १० रुपियाँ बढाउनुपर्ने उनीहरुको माग छ ।

उक्त मूल्य निर्धारण नगरिए यो क्षेत्रका १० लाख किसानको प्रत्यक्ष रोजगारी गुम्ने र खर्बाै रुपैयाँका गाई, भैंसी नासिने भई राज्यको व्यापार घाटा बढ्ने समाजको ठहर छ । नेपालकै अस्तित्व संकटमा पर्ने खतरा रहने उनीहरुको दाबी छ ।

कर्मचारी तथा बजारका सम्पूर्ण बस्तुको मूल्य पटक–पटक बढ्दा पनि आफूहरुले लागत मूल्य पनि उठाउन नसकेको जनाउदै उनीहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
कार्यक्रममा संस्थाका अध्यक्ष आनन्द निउरेले किसानको उत्पादन बिना मानव जीवन सम्भव नरहेको बताउँदै नेपालका कृषक राज्यबाट संसारमै सबैभन्दा बढी पीडित रहेको उनको आरोप छ ।

प्रकाशित : १५ भाद्र २०७६, आइतबार ००:००