२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

समाचार

राज्यको लापरबाहीले ध्रुवको मृत्यु भयोे – विष्ट परिवार


१३ भाद्र २०७६, शुक्रबार ००:००

0
Shares


काठमाडौं, १३ भदौ । सगरमाथा आरोहणका क्रममा मृत्यु भएका ध्रुव बिष्टका परिवारले उनको निधनलाई रहस्यमय भन्दै त्यसबारे उजूरी गर्ने बताएको छ ।
रिपोर्टर्स क्लबमा बिहीबार पत्रकार सम्मेलन गर्दै परिवारले राज्य, ट्रेकिङ एजेन्सी, पर्यटन बोर्डलगायत सम्बन्धित संघसंस्थाले लापरबाही गर्दा ध्रुवको मृत्यु भएको आरोप लगाउँदै उजूरी गर्ने बताएको हो । मृत्यु भएको खबरसमेत समयमा नदिइएको परिवारको भनाइ छ ।
पत्रकार सम्मेलनमा ध्रुवकी दिदी उषाले रुँदै भनिन्, “मेरो भाइको निधन राज्यका निकाय र पर्यटन क्षेत्रको लापरबाहीका कारण रहस्यमय तरिकाले भएकाले निष्पक्ष छानविन हुनुपर्छ ।” धु्रव ठमेलस्थित हिमालयन स्व्रिmट ट्रेकबाट आफ्ना विदेशी साथीसँग सगरमाथा आरोहणमा गएका थिए । सगरमाथा आरोहणका क्रममा ०७६ जेष्ठ १० गते निधन भएको थियो । नेस्नलगाइड धु्रवको मृत्यु प्राकृतिक प्रकोपको कारण नभई रहस्यमय भएको परिवारको दावी छ ।
हिमालयन स्व्रिmट ट्रेकबाट ध्रुवलाई पनि सगरमाथा आरोहण गराउने भनेर लगेको परिवारले बताएको छ । तर, ७८०० मि.फिट माउनलाई छोडेर शेर्पा गाइडको साथमा विदेशी साथीलाई मात्र आरोहण गर्न लगिएको थियो । दिदी उषाले भनेकी छिन्, “फर्किने क्रममा १०० मि. अगाडि भएको विष्टको साथीले ध्रुवलाई लडेको देखेर उद्धार टिमलाई सम्पर्क गर्दा उनीहरुले पहिला बेवास्ता गरेको र पछि दुर्घटना स्थलमा पुग्दा उनकोे अक्सिनसम्मन भएको बुझियो ।” पोस्टमार्टम रिपोर्टमा हाइ अल्टर सिक्नेसको कारण मृत्यु भएको बताइएको परिवारले जानकारी दिए । गत वर्ष मात्र धु्रव ८००० मि.फिट आरोहण गरेर आएका थिए । १२ वर्षको अनुभव बटुलेर विभिन्न आरोहणमा संलग्न भएका धु्रव लडेर मरे भन्ने परिवारलाई स्वीकार गर्न कठिन भएको दखिन्छ । विष्ट इन्टरनेस्नल माउटेन गाइडको प्रमाणपत्र प्राप्तगर्ने क्रममा थिए ।

प्रकाशित : १३ भाद्र २०७६, शुक्रबार ००:००