२७ आश्विन २०८१, आइतबार । October 13, 2024

खेलकुद

कुबेत र चाइनिज ताइपेविरुद्धको खेलको लागि नेपाली टीमको घोषणा



विश्वकप फुटबलको दोस्रो चरणअन्तर्गत कुबेत र चाइनिज ताइपेविरुद्धको खेलको लागि नेपाली फुटबल टिमको घोषणा गरिएको छ ।

मुख्य प्रशिक्षक योहान कालिनले आज (बिहीबार) २३ सदस्यीय नेपाली फुटबल टिमको घोषणा गरेका हुन् । टिममा नियमित कप्तान विराज महर्जन परेका छैनन् । मलेसियन क्लब जोहोर डारुल टाजिमसँगको मैत्रीपूर्ण खेलको लागि विराजलाई विश्राम दिएको बताएपनि कुबेत र चाइनिज ताइपेविरुद्धको खेलको लागि टिममा उनी नपरेका हुन् । त्यस्तै, गोलकिपर किरण चेम्जोङ र मिडफिल्डर रोहित चन्दले भने टिममा स्थान पक्का बनाए भने किरण र रोहित टिममा पर्दा एलन न्यौपाने र विमल राना भने टीममा पर्न सकेनन् ।

विश्वकप फुटबलको दोस्रो चरणमा नेपाल रहेको समूह ‘बी’ मा अष्ट्रेलिया, जोर्डन, चाइनिज ताइपे र कुबेत रहेका छन् ।नेपालले कुबेतसँग उसैको भूमिमा सेप्टेम्बर पाँच तारिखमा प्रतिस्पर्धा गर्दैछ । त्यस्तै, चाइनिज ताइपेसँग भने सेप्टेम्बर १० तारिखमा उसैको भूमिमा खेल्दैछ ।

नेपाली टिमगोलकिपर: किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ ,डिफेन्डर: अनन्त तामाङ, देबेन्ऽ तामाङ, सुमन अर्याल, अजित भण्डारी, दिनेश राजवंशी, सरोज दाहाल, रजिन धिमाल । मिडफिल्डर स् सुजल श्रेष्ठ, विशाल राई, विक्रम लामा, सन्तोष तामाङ, सुनिल बल, अञ्जन विष्ट, हेमन गुरुङ, तेज तामाङ, रोहित चन्द र रवि पासवान । फरवार्ड: विमल घर्तिमगर, नवयुग श्रेष्ठ र अभिशेक रिजाल ।

प्रकाशित : १२ भाद्र २०७६, बिहिबार ००:००