![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/08/jammu-and-kashmir-map.jpg?resize=658%2C556)
श्रीनगर भारत, ११ भदौ । भारतले केन्द्रीय सरकार मातहत ल्याएको घोषणा गरेको जम्मु काश्मिर राज्यमा ५० हजार युवालाई रोजगारी दिने घोषणा गरेको छ ।
राज्यपाल सत्यपाल मलिकले बुधबार युवाहरुलाई रोजगारी दिने घोषणा गरेका हुन् । उनले आगामी दुईदेखि तीन महीनाभित्रमा ती सबै युवालाई रोजगारी दिइसक्ने पनि स्पष्ट पारे ।
“हामी आज घोषणा गर्न चाहन्छौँ की, जम्मु काश्मिर प्रशासनिक क्षेत्रका ५० हजार युवालाई रोजगारी दिनेछौँ,” उनले भने ।
उनले सवै युवाहरुलाई यो अवसरको उपयोग गर्न आग्रह गर्दै पूर्णशक्ति परिचालित हुनुपर्नेमा जोड दिए ।
पत्रकार सम्मेलनमा मलिकले भने, “आउँदो दुईदेखि तीन महिनामा यी सबै पदमा पदपूर्ति गर्नेछौँ ।”
रासस\एएनआई
प्रतिक्रिया