![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/08/ArunJaitley-2-1.jpg?resize=676%2C450)
एजेन्सी, पूर्व अर्थमन्त्री तथा भारतीय जनता पार्टी (बिजेजी)का वरिष्ठ नेता अरुण जेट्लीको शनिबार अपराह्न निधन भएको छ । उनको ६६ वर्षको उमेरमा नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा उपचारका क्रममा निधन भएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र बिजेपीका वरिष्ट नेताहरु अस्पताल पुगेका थिए ।
जेट्ली अगस्त महिनाको शुरुमा नै एम्समा भर्ना भएका थिए । पूर्व प्रधानमन्त्री अटल बिहारी बाजपयीको सरकारमा नै सन् २००० मा जेट्ली पहिलोपटक मन्त्रिमण्डलमा सहभागी भएका थिए । उनले सन् २००९ मा राज्यसभामा विपक्षी दलको नेताको रुपमा जिम्मेवारी सम्हाल्एलेका थिए ।
उनी सन् २०१४ मा अर्थात् मोदी सरकारको पहिलो कार्यकालमा अर्थमन्त्रीमा नियुक्त भएका थिए । तर सन् २०१९ को भारतीय लोकसभाको निर्वाचनमा स्वास्थ्यको कारण देखाउँदै उम्मेदवारी दिन अस्वीकार गरेका थिए । उनको गत वर्ष मे महिनामा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
प्रतिक्रिया