२२ माघ २०८१, मंगलबार । February 5, 2025

समाचार

एनसेलको टावरमा आगजनी


३ भाद्र २०७६, मंगलबार ००:००

0
Shares


दाङ, ३ भदौ । दाङमा एनसेलको टावरमा आगजनी भएको छ । गए राति अज्ञात समूहले शान्तिनगर गाउँपालिका–५ रगैँचामा रहेको टावरमाथि आगजनी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार टावरको जेनेरेटर र तारमा क्षति पुगेको छ ।

टावरमा नेत्रबिक्रम चन्द बिप्लब समूहले आगजनी गरेको हुनसक्ने उनको भनाइ छ । यो विषयमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय खिलतपुरको टोली त्यहाँ पुगिसकेको प्रहरी नायब उपरीक्षक शाहले बताए ।

प्रकाशित : ३ भाद्र २०७६, मंगलबार ००:००