१६ कार्तिक २०८१, शुक्रबार । November 1, 2024

मुख्य खबर

युवाहरुको सपना पुरा गर्ने दायित्व मेरो काँधमा छ : मुख्यमन्त्री राई




काठमाण्डौ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशका सम्पूर्ण युवाहरुको सपना पुरा गर्ने जिम्मेवारी आफ्नो काँधका रहेको बताएका छन् । सोमबार संघीय राजधानी काठमाण्डौमा इसान मेमोरियल फाउण्डेशनले आयोजना गरेको गीत सार्वजनिक कार्यक्रममा राईले यस्तो बताएका हुन ।
स्व. इसानको जीवनीमा आधारित न बचाउन सके गीतको सार्वजनिक पछि बोल्ने क्रममा मु्ख्यमन्त्री राईले इसान जस्ता धेरै युवाहरुको अधुरा इ्च्छा, आकांक्षा सबै मिलेर पुरा गर्नु पर्ने बताए । उनले भने इसान जस्ता युवाहरुको अधुरा सपना पुरा गर्ने जिम्मेवारी अहिले तपाईको हो, यो ट्रसको हो र म मुख्यमन्त्री भएकाले औपाचारीक रुपमा मेरो काँधमा छ । ती अधुरा चाहाना, आँकाक्षा जो देशका लागि सर्मपित थिए । तपाई हामी मिलेर पुरा गरि छाड्नु पर्छ । मु्ख्यमन्त्री राईले फाउण्डेशनलाई कुनै साँघुरो घेरामा नराखी देशकै एउटा महत्वपूर्ण फाउण्डेशनका रुपमा काम गर्न समेत शुभकामना दिए ।
इसान मेमोरियल फाउनण्डेशन स्वा. इसान प्रसाइको सम्झनामा स्थापना गरिएको हो । झापा स्थायी घर भई आयरल्याण्डमा बसोबास गर्दै आएका १९ बर्षीय इसान सपपरिवार दुई बर्ष अघि नेपाल घुम्न आएका समयमा कलेजोमा देखिएका संक्रमणका कारण स्वर्गिय भएका थिए । फाउनण्डेशन स्व. इसानका बुवा एनआरएनए आयरल्याण्डका संस्थापक अध्यक्ष गणेश प्रसाइले स्थापना गरेको हो ।
इसानको इच्छा र लक्ष्य सांगितक क्षेत्रमा लाग्ने रहेको र त्यहि इच्छालाई आत्मसाथ गर्दे सांगितिक क्षेत्रमा आउने आर्थिक रुपमा कमजोर भएकाहरुलाई सहयोग गर्ने ट्रसको उदेश्य रहेको स्व. इसानका बुवा गणेस प्रसाईले बताए ।
इसानको जीवनीमा आधारित न बचाउन सके गीतमा तुलसी सिवाकोटी स्वर, दुर्गा प्रसाद रिमालको शब्द र कल्याण सिंहको संगीत रहेको छ । ।
प्रकाश धितालको निर्देशनमा बनेको भिडियोमा विकाश लामिछाने, रक्षा श्रेष्ठलाई श्रीमान श्रीमतीको रुपमा पिचर्ड गरिएको छ । आफ्नो बिरामी छोरालाई बचाउन नसक्दाको पिडा भिडियोमा प्रस्तुत छ । बुद्ध थापाले खिचेको भिडियोलाई विकाश दाहालले सम्पादन छन् ।

प्रकाशित : १४ श्रावण २०७६, मंगलबार ००:००