
विषालु च्याउ खाँदा एकै परिवारका तीन जनाको ज्यान गएको छ । लुंग्री गाउँपालिका–६ गुम्चालका अमरसिं बुढाथोकीका श्रीमती, छोरा र छोरी गरी तीन जनाको मृत्यु भएको हो । यसरी मृत्यु हुनेमा २५ वर्षीया कर्मली बुढाथोकी, सात वर्षीया सुनिता बुढाथोकी र तीन वर्षीय पुस्कल बुढाथोकी रहेका स्थानीय जेवी विष्टले जानकारी दिनुभयो । घर नजिकै जङ्गलबाट आमा कर्मलीले लिएका च्याउ परिवारका तीन सदस्यले खाएका थिए । यही साउन ८ गते च्याउ खाएर बिरामी परेका तीनै जनालाई उपचारका लागि भीम अस्पताल रुपन्देही लगिएको थियो । प्रहरीका अनुसार पुस्कलको ११ गते, सुनिताको १२ गते र कर्मलीको आज मृत्यु भएको हो । उपचारका लागि लैजाँदै गर्दा पुस्कल र सुनिताको बाटैमा मृत्यु भएको थियो भने कर्मलीको भने उपचारका क्रममा अस्पतालमा मृत्यु भएको बताइएको छ । श्रीमान् अमरसिं बुढाथोकी भने रोजगारीका क्रममा खाडी मुलुकमा रहेका बताइएको छ ।
प्रतिक्रिया