जमेको पानी मोटरलगाएर तान्नेक्रममा करेण्ट लागेर झापास्थित कनकाई नगरपालिका २ मा आज एक कामदारको मृत्यु भएको छ ।
प्लटिंग जग्गामा जमेर रहेको पानीबाट शरीरमा करेण्ट लागेर स्थानीय १९ वर्षिय सोम किस्कुको मृत्यु भएको जिप्रका झापाका प्रवक्ता डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिएका छन् । जमेको पानी मोटरबाट तान्ने क्रमा नागाें तारमा खुटाले छुँदा गम्भीर घाइते भएका किस्कुको विर्तामोडस्थित विर्तासिटी हस्पिटलमा उपचार गर्ने क्रममा मृत्यु भएको हो ।
प्रतिक्रिया