
याङ्गुन, १२ साउन (रासस-सिन्ह्वा) – म्यानमारमा आइतबार आएको भयानक पहिरोमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ । देशको उत्तरी क्षेत्रमा पर्ने काचिन राज्यको हपाकान्तमा पहिरो गएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । मृत्यु भएकाहरु स्थानीय एक कारखानाका कर्मचारी र सुरक्षाकर्मीहरु रहेका छन् । स्थानीय समय अनुसार दिउँसो २ बजे पहिरो गएको थियो । उद्धारकर्ताहरुले १३ जनाको शव भेटिएको र अरु पाँच जना अझै हराइरहेको विभागीय कर्मचारीहरुले बताएका छन् । घटनास्थलबाट दुई जना सुरक्षाकर्मीलाई उद्धार गरेर उपचारका लागि अस्पताल भर्ना गरिएको उनीहरुको भनाई छ । खोजी तथा उद्धार कार्य जारी रहेको जनाइएको छ । ––
प्रतिक्रिया