मोरङ । प्रदेश नम्बर १ को नाम किरात रहँदा अधिकतम जनताको भावनालाई समेटिने वक्ताहरुले बताएका छन् । आज (साउन १२) संवाद समुहको आयोजनामा सुनसरीको इटहरीमा भएको अन्तरक्र्रिया कार्यक्रममा वक्ताहरुले सो कुरा बताएका हुन । सञ्चारकर्मी सुमन सुस्केरा र सुमन पुरी लगायतद्वारा स्थापना भएको समुहले गरेको कार्यक्रममा प्रदेशको नाम किरात रहनुनै अधिकतम जनतालाई स्वीकार्यहुने बताएका हुन । कार्यक्रममा किरात राई यायोक्खा केन्द्रीय उपाध्यक्ष तिलकप्रसाद राई, निवर्तमान केन्द्रीय अध्यक्ष तिलक राई, केन्द्रीय सचिव तथा प्रचार विभाग प्रमुख अर्जुन जम्नेली राई, पत्रकार जनकऋषी राई, नेपाल आदिबासी जनजाति महासंघ सुनसरी जिल्ला अध्यक्ष रामकुमार राई, किरात राई विद्यार्थी संघ पूर्व नेता यलमहाङ राई, शालिक सातासक लगायतले बोलेका थिए । संवाद समुहले १ नम्बर प्रदेशको नाम प्रस्ताव गर्ने राजनीतिक तथा समाजिक संगठनका नेताहरुसँग छलफल गर्दै आएका छन् । लिम्बुवान, कोचिला, विराट, कोशी र सगरमाथा नाम प्रस्ताव गर्ने संगठनहरुसँग छलफल भइसकेको समुहको सदस्य सुमन सुस्केराले बताए । सवै संगठनहरुसँग छलफल सकेपछि सामुहिक रुपमा बहस गरिसकेर प्रदेश सरकार र संसदलाई सुझाव दिने समुहका सदस्य सुमन पुरीले बताए । सञ्चारकर्मी पुरीले प्रदेशको नाममा किरात जोडिन सक्ने आफूले बुझेको बताए । अन्तरक्र्रिया कार्यक्रमका वक्ताहरुले किरात कुनै एउटा जाति नभएर भूगोल, इतिहास, सभ्यता, संस्कृति, कला भएकोले प्रदेशको नाम प्रदेशवासीको साझा नामहुनेमा आफूहरु ढुक्क भएको बताए । किरात नाम नभए सयौं बर्ष संघर्षहुने वक्ताहरुको चेतावनी दिए । किरात र लिम्बुवानमा कुनै समस्या नरहेको भन्दै पहिचानको आधारमा नामकरण गर्न याक्थुङ चुम्लुङ्ग र यायोक्खामा कुनै समस्या नरहेको यायोक्खा निवर्तमान अध्यक्ष तिलक राईले बताए । प्रदेशको नाम किरात रहने निष्कर्ष मोरङ । प्रदेश नम्बर १ को नाम किरात रहँदा अधिकतम जनताको भावनालाई समेटिने वक्ताहरुले बताएका छन् । आज (साउन १२) संवाद समुहको आयोजनामा सुनसरीको इटहरीमा भएको अन्तरक्र्रिया कार्यक्रममा वक्ताहरुले सो कुरा बताएका हुन । सञ्चारकर्मी सुमन सुस्केरा र सुमन पुरी लगायतद्वारा स्थापना भएको समुहले गरेको कार्यक्रममा प्रदेशको नाम किरात रहनुनै अधिकतम जनतालाई स्वीकार्यहुने बताएका हुन । कार्यक्रममा किरात राई यायोक्खा केन्द्रीय उपाध्यक्ष तिलकप्रसाद राई, निवर्तमान केन्द्रीय अध्यक्ष तिलक राई, केन्द्रीय सचिव तथा प्रचार विभाग प्रमुख अर्जुन जम्नेली राई, पत्रकार जनकऋषी राई, नेपाल आदिबासी जनजाति महासंघ सुनसरी जिल्ला अध्यक्ष रामकुमार राई, किरात राई विद्यार्थी संघ पूर्व नेता यलमहाङ राई, शालिक सातासक लगायतले बोलेका थिए । संवाद समुहले १ नम्बर प्रदेशको नाम प्रस्ताव गर्ने राजनीतिक तथा समाजिक संगठनका नेताहरुसँग छलफल गर्दै आएका छन् । लिम्बुवान, कोचिला, विराट, कोशी र सगरमाथा नाम प्रस्ताव गर्ने संगठनहरुसँग छलफल भइसकेको समुहको सदस्य सुमन सुस्केराले बताए । सवै संगठनहरुसँग छलफल सकेपछि सामुहिक रुपमा बहस गरिसकेर प्रदेश सरकार र संसदलाई सुझाव दिने समुहका सदस्य सुमन पुरीले बताए । सञ्चारकर्मी पुरीले प्रदेशको नाममा किरात जोडिन सक्ने आफूले बुझेको बताए । अन्तरक्र्रिया कार्यक्रमका वक्ताहरुले किरात कुनै एउटा जाति नभएर भूगोल, इतिहास, सभ्यता, संस्कृति, कला भएकोले प्रदेशको नाम प्रदेशवासीको साझा नामहुनेमा आफूहरु ढुक्क भएको बताए । किरात नाम नभए सयौं बर्ष संघर्षहुने वक्ताहरुको चेतावनी दिए । किरात र लिम्बुवानमा कुनै समस्या नरहेको भन्दै पहिचानको आधारमा नामकरण गर्न याक्थुङ चुम्लुङ्ग र यायोक्खामा कुनै समस्या नरहेको यायोक्खा निवर्तमान अध्यक्ष तिलक राईले बताए ।
१२ श्रावण २०७६, आइतबार ००:००
0
Shares
प्रतिक्रिया