इस्तानवुल, टर्की, ११ साउन (रासस÷सिन्ह्वा) ः टर्कीको प्रहरीले सन् २०१६ को असफल राज्य विद्रोहमा सघाएको आरोपमा शनिबार देशभरबाट ४४ प्रहरी अधिकारीलाई नियन्त्रणमा लिएको छ ।
टर्कीका धर्मगुरू फेतुल्लाह गुलेनको सञ्जालको सहयोगमा गरिएको भनी अङ्कराले आरोप लगाउँदै आएको सन् २०१६ को जुलाई १५ मा भएको उक्त उक्त विद्रोहमा २५० जनाको ज्यान गएको थियो ।
प्रहरीले शनिबार एकै समयमा ३० प्रान्तमा शुरू गरेको अभियानमा ६४ जना शङ्कास्पद अधिकारीलाई खोजी गरिएको र ४४ जना फेला परेको सरकारी अधिकारीलाई उद्धृत गरी टर्कीको अनादोलु समाचार संस्थाले जनाएको छ ।
११ श्रावण २०७६, शनिबार ००:००
0
Shares
प्रतिक्रिया