१६ कार्तिक २०८१, शुक्रबार । November 1, 2024

मुख्य खबर

तिम्बू पोखरीमा मन्दिर निर्माणले साँस्कृतिक अतिक्रमण



तिम्बू पोखरी मन्दिर निर्माण गरिएपछि


पाँचथर र ताप्लेजुङको सिमानामा अबस्थित तिम्बु पोखरीको जैबिक बिबिधता र साँस्कृतिक अतिक्रमण गर्न खोजिएको प्रति विभिन्न १८ वटा संघ सस्थाले आपति जनाएका छन ।
फिदिममा शनिबार ती संस्थाले गरेको पत्रकार सम्मेलनमा जैबिक विविधताले भरिपूर्ण आदिबासीहरुको धार्मिक आस्थाको केन्द्रको रुपमा रहेको तिम्बु पोखरीमा बिष्णु मन्दिर बनाएर धार्मिक सांस्कृतिक आस्था माथि प्राहार गरेको र जैबिक प्राकृतिक रुपमा शुन्दर रहेको पोखरीमा आधुनिक संरचना बनाएर त्यसको कुमारीत्व भंग गर्न खोजिएको भन्दै निर्माण गरिएको संरचना हटाउन माग गरेका छन ।

तिम्बू पोखरी मन्दिर निर्माण अघि


सम्मेलनमा जारी गरिएको बिज्ञप्तिमा तिम्बु पोखरीको जैबिक प्राकृतिक सौन्दर्यतालाई नष्ट गरेर कृतिमता सृजना गर्न खोजिएको भन्दै प्राकृति पुजक आदिबासी रैथानेहरुको धार्मिक आस्थामा समेत चोट पु¥याउने काम राज्यले गरेको निष्कर्ष निकालेको छ । हामी अरुको धार्मिक आस्था प्रति सम्मान गछौं तर अरुको आस्था नामेट हुने गरी जुनसुकै क्रियाकलाप प्रति हाम्रो बिमती रहने छ । मन्दिर बनेकोमा हाम्रो आपति होइन तर पोखरी भन्दा केही टाढा त्यस्ता संरचना बन्दा हाम्रो कुनै आपति रहन्दैन । पोखरी छेउमा बनेको त्यो संरचनाले पोखरीको जैविक प्राकृतिक सौन्दर्य नष्ट भएको र त्यो संरचना बन्दा प्रयोग भएको सिमेन्ट र अन्य आधुनिक सामाग्री प्रयोगले त्यसको प्राकृतिक सौन्दर्य बिगारेको भन्दै यसले प्राकृतिक सम्पदामा समेत असर पु¥याएको ठहर गरेको छ ।
सो पोखरीमा पर्यटन मन्त्रालयको ५० लाख र सिदिङमा गाउँपालिकाको ५ लाख गरी ५५ लाखमा बिष्णु मन्दिर बनेको र मन्दिर भित्र बिष्णु भगवानको मुर्ति स्थापना गरेर पोखरीको नाम बिष्णुपोखरी बनाउने षडन्त्र भइरहेको उल्लेख गरिएको छ । विज्ञप्तिमा नेपाल आदिबासी जनजाती महासंघ, याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपाल,किरात याक्थुङ चुम्लुङ,किरात राई यायोक्खा, किपट संरक्षण मञ्च, तङसिङ एग्रो टुरिज्म प्रा लि,फोनिज पाँचथर लगायतका १८ वटा संघ सस्थाले एैकिबद्धता जनाएका छन ।
बिज्ञप्तिमा निर्माण भएको संरचनालाई त्यस स्थानबाट नहटाइ हाम्रो आग्रहलाई बेवास्ता गरेमा त्यसबाट उत्पन्न हुन सक्ने घटनाप्रति मन्दिर निर्माण पक्ष जिम्मेवार हुनुपर्ने समेत चेतावनी दिइएको छ ।

विज्ञप्ती

प्रकाशित : ११ श्रावण २०७६, शनिबार ००:००