१६ कार्तिक २०८१, शुक्रबार । November 1, 2024

समाचार

प्रदेश लोक सेवा आयोगमा भट्टराई सिफारिश



प्रदेश नं ५ लोक सेवा आयोगको अध्यक्षमा प्रा डिलाराम भट्टराई सिफारिश हुनुभएको छ । मुख्यमन्त्री संयोजकत्वको तीन सदस्यीय समितिले भट्टराईलाई अध्यक्षमा सिफारिश गर्ने निर्णय गरेको हो । प्रदेश लोक सेवा आयोग गठनका लागि मुख्यमन्त्री, सभामुख र प्रमुख प्रतिपक्ष दलको नेता रहेको सिफारिश समिति रहने प्रदेश लोक सेवा आयोग ऐनमा व्यवस्था छ । समितिको सिफारिशका आधारमा मन्त्रिपरिषद्को बैठकले निर्णय गर्नेछ । अर्घाखाँची सन्धिखर्क नगरपालिका–१० अर्घाखाँचीका स्थायी बासिन्दा भट्टराई महेन्द्र बहुमुखी क्याम्पस दाङका गणित विभागका प्रमुख हुनुहुन्छ । –––

प्रकाशित : १० श्रावण २०७६, शुक्रबार ००:००