
झापाको दमकमा १९ जनामा डेंगु सङ्क्रमण भएको पाइएको छ ।यो वर्षको अहिलेसम्ममा कुल १९ जनामा डेंगु देखिएको दमक नगरपालिका स्वास्थ्य शाखाका प्रमुख इन्द्र अर्यालयले जानकारी दिएका छन् ।
दुई वर्षअघि दमकमा एक भारतीय नागरिकको मृत्यु हुने गरी महामारीका रुपमा पैmलिएको डेंगु यो वर्ष भने फाट्टफुट्टरुपमा मात्रै देखिएको उहाँले बताए । दमकमा गर्मी शुरुदेखि नै डेंगुको सङ्क्रमण हुन नदिन त्यससम्बन्धी विभिन्न जनचेतना साथै लामखुट्टे बस्ने लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरिएकाले पनि डेंगु सङ्क्रमण कम देखिएको उहाँले जानकारी दिएका छन् ।
अहिले वर्षा भइरहँदा लामखुट्टेले पारेका अण्डा पानी बगाएर लाने भएकाले डेंगुको जोखिम कम हुने पनि प्रमुख अर्यालले बताएका छन् । वर्षा रोकिएपछि भने जमेर रहेको पानीमा लार्भा बढ्ने भएकाले नष्ट गर्ने अभियान पुनःसञ्चालन गरिने उहाँले जानकारी दिएका छन् ।
प्रतिक्रिया