
उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले बाढी पहिरो र खडेरी पिडितलाई राहतका लागि काठमाण्डौंबाट हेलिकप्टरमार्फत राहत सामग्री लिएर गाउँपालिका तर्फ भर्खरै प्रस्थान गर्नु भएको छ । उदयपुर जिल्लाको दुई स्थानीय तह लिम्चुङ्बुङ् र ताप्ली गाउँपालिकामा बिगत केही महिनामा देखी पर्न गएको खडेरी कारण यी दुई गाउँपालिकामा आएको खाधान्न संकट साथै असार मसान्तमा आएको अविरल वर्षाका कारण त्यस क्षेत्रमा भएको प्राकृतिक बिनासले सडकमा पुग्न गएको क्षतिको कारण यातायात अबरुद्ध हुन पुगेको लगतै गाउपालिका बासिलाई
राहत स्वरुप तत्कालीन समस्या सामधान गर्न विपत प्रभावित परिवारलाई राहत वितरणका लागि गाउँपालिकाले नेपाली सेनाको सहकार्यमा काठमाण्डौंबाट हेलिकप्टर हायर गरेर आपतकालिन राहत सामग्री वितरण गर्नु परेको गाउ्ँपालिकाको अध्यक्ष मेजर राईले बताएका छन् । फोटो ; मेजर राई

प्रतिक्रिया