सत्तारुढ नेकपाका युवा नेता तथा १ नम्बर प्रदेश सरकारका आर्थिक तथा योजना मन्त्री इन्द्रबहादुर आङबो (मौसम ) छिमेकी राष्ट्र चिनको मैत्रीपूर्ण निमन्त्रणमा प्रदेश सरकारको मन्त्री स्तरीय साताव्यापी भ्रमणको नेतृत्व गर्दै आज ;साँझ ४ः४५ बजे चिन प्रस्थान गर्दै हुनुहुन्छ । भ्रमण टोलीमा पर्यटन,वन तथा वातावरण मन्त्री जगदीश कुशियतसहित ८ सदस्यीय भ्रमण टोली रहने जनाईएको छ । भ्रमणको सिलसिलामा चिनका विभिन्न प्रान्तको महत्वपूर्ण व्यक्तित्वहरुसंग भेट र संवाद कार्यक्रम रहेको छ भने प्रदेश सरकारको आगामी आर्थिक नीति, विकास,कार्यक्रम र अन्य महत्वपूर्ण विषयमा छलफल हुने बताइएको छ ।
८ श्रावण २०७६, बुधबार ००:००
0
Shares
प्रतिक्रिया