पाँचथर । पाँचथरको हिलीहाङ गाउँपालिका वडा न ७ भारपा स्थित यलम्बर पार्कमा निर्माणाधिन मन्दिरको छतले किचेर सोमबार बिहान दुई जनाको ज्यान गयो ।
ज्यान गुमाउनेमा सोही वडाका ५१ बर्षिय रुद्रबहादुर राई र ५२ बर्षिय जगत राई रहेका छन । १९ दिन अघि ढलाई गरिएको सो पार्कको छत थाम्न प्रयोग गरिएको सर्टिङ (बाँसको खम्बा) निकाल्ने क्रममा छत भत्किएर उनीहरुलाई किचेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरिक्षक अनिल पौड्यालले बताएका छन् ।
सो पार्क हिलीहाङ गाउँपालिकाको आर्थिक सहयोग र नेपाल आदिबासी जनजाती महासंघ गाउँसमन्वय परिषद हिलीहाङले निमार्ण गरिरहेको थियो । सो पार्कको छत निर्माण गर्ने क्रममा प्रयोग भएका रड पातलो भएको हुनाले भत्किएको हुन सक्ने स्थानीयहरुले बताएका छन । मृतकहरुका शव पाँचथर अस्पतालमा पोष्टमार्ट गरि दाहसस्कार गर्न हेवा खोला पुर्रयाएको छ । किराती संस्कार अनुसार दाहसंस्कार गरिने किरात राई यायोक्खा पाँचथरकी कोषाध्यक्ष शान्ति राईले बताए ।
६ श्रावण २०७६, सोमबार ००:००
0
Shares
प्रतिक्रिया